अर्को वर्षको अप्रिलसम्ममा अमेरिकामा कोरोना भाइरस विरुद्धको खोप उपलब्ध हुने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को वर्षको अप्रिल महिनासम्ममा अमेरिकामा कोरोना भाइरस विरुद्धको खोप उपलब्ध हुने बताउनुभएको छ । आफ्नो प्रशासनले यो खोप निर्माणको काम निकै द्रुत गतिमा गरिरहेको र आगामी वर्ष सन् २०२१ को अप्रिलसम्ममा खोप तयार हुने ट्रम्पले विश्वास दिलाउनु भएको छ ।

खोप तयार हुनासाथै सबै अमेरिकी नागरिकलाई लगाइने पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले जानकारी दिनुभयो । उहाँले खोप हरेक महिनामा दशौँ लाख वटा उत्पादन हुने भएकोले सबै अमेरिकी नागरिकलाई केही महिनामा नै खोप लगाउन सकिने पनि बताउनुभएको थियो ।

हिजो आयोजना गरिएको प्रेस ब्रिफिङका क्रममा उहाँले सो कुरा बताउनुभएको हो । अमेरिकाका वरिष्ठ बैज्ञानिक र चिकित्सकहरु बिगतदेखि नै यस कार्यमा लागिराखेको पनि बताउनुभयो । राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्नुभयो- अमेरिकाका वरिष्ठ चिकित्सक र वैज्ञानिकहरुले यो खोप आविश्कारको काममा लागेका छन् र उनीहरुले यो खोपको परीक्षण पनि अन्तिम चरणमा पुगेको बताएका छन् ।

त्यसैले पनि अब अमेरिकाले चाँडै नै नयाँ खोप उत्पादनको काम पनि थाल्ने जानकारी दिनुभयो । उहाँले अब यो खोपको परीक्षण अन्तिम परीक्षणको क्रममा रहेको र सो परीक्षण सकिएलगत्तै खोप उत्पादनको काम गर्ने जानकारी पनि दिनुभयो ।

अमेरिका विश्वमा नै कोरोना भाइरसको सङ्क्रमणबाट सबैभन्दा बढी प्रभावित भएको देश हो । यहाँ अहिलेसम्म ६७ लाखभन्दा बढी सङ्क्रमित भेटिएका छन् । त्यस्तै अमेरिकामा विश्वमै सबैभन्दा बढीको यस संक्रमणबाट ज्यान गएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.