पछिल्लो २४ घण्टामा १२०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, उपत्यकामा मात्रै ७११ संक्रमित

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा १२०४ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा १०३३३ जनाको पीसीआर परीक्षण गर्दा १२०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । नेपालमा आजसम्म ६२,७९७ जना कोभिड संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा शनिबार प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १४४७ जना डिस्चार्ज भएका छन् । संक्रमितमध्ये ७२ प्रतिशत निको भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ४५२८७ रहेको छ ।

काठमाडौं उपत्यकामा मात्रै ७११ संक्रमित
काठमाडौं उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा ७११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा ५७०, भक्तपुरमा ८३ र ललितपुरमा ५८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उपत्यकामा शुक्रबार अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित भेटिएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.