कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, मृतकको संख्या ४०१ पुग्यो

काठमाडौं– देशभर पछिल्लो २४ घण्टामा ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु भएकामध्ये ७ जना महिला ४ जना पुरुष छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ललितपुरमा दुई जना तथा मोरङ, रौतहट, सर्लाही, काठमाडौं र मकवानपुरमा एक–एक जना महिलाको मृत्यु भएको छ ।

यसैगरी ललितपुर, काठमाडौं, रुपन्देही र बाँकेमा एक–एक जना पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.