चितवनमा एक सय किलो गाँजासहित दुई जना सार्वजनिक

चितवन- चितवन प्रहरीले आज एक क्विन्टल गाँजासहित एक पल्सर मोटरसाईकल र २ जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ ।

गाँजाको तस्करीमा संलग्न रहेको आरोपमा राप्ती आँपपानीका दोर्जे तामाङ र राप्ती घर भई हाल पदमपुर बस्ने पदमबहादुर मोक्तानसहित पल्सर मोटरसाईकल समेत वरामद गरेको चितवन प्रहरीका प्रवक्ता सूर्य थापाले पत्रकार सम्मेलन जानकारी दिनुभयो

चितवनका प्रहरी प्रमुख (एसपी) नान्तीराज गुरुङका अनुसार गत, भदौ २१ गते राती साँढे एक बजे राप्ती नगरपालिकाको वर्डा नम्बर ८ स्थित दवाडी चोकमा रहेको पम्पा खोला नजिक प्याक गरेर राखिएको अवस्थामा एक क्विन्टल गाँजा बरामद गरिएको थियो । सो, क्रम्मा गाँजा बरामद भएपनि अभियुक्तहरु भने कोही पक्राउ परेका थिएनन् ।

स्थानीयले दिएको जानकारी अनुसार खोजतलासमा जुटेको प्रहरीले दोर्जे र मोक्तानलाई भण्डाराबाट समात्न सफल भएको प्रवक्त डिएसपी थापाले बताउनुभयो । घट्नास्थलमा ना ३९ प. २२५८ नम्बरको मोटरसाइल प्रयोग भएको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गर्न सफल भएको हो ।

पक्राउ परेकाहरुलाई हिरासतमा राखी अनुसन्धान गर्ने कार्य भईरहेको छ । प्रहरी स्रोतका अनुसार गाँजा कारोबारमा बाबुराम तामाङ भने फरार रहेकोले उनको खोजी भइरहेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.