दुर्घटनामा परेको ट्याङ्करका चालक र सहचालक प्रहरी नियन्त्रणमा

धादिङ- गएराति पृथ्वी राजमार्गमा दुर्घटनामा परेको तेल ट्याङ्कर भारतको बरौलीबाट पेट्रोल लिएर राजधानी काठमाण्डौ आएको खुलेको छ ।
ना ४ ख २८२२ नम्वरको ट्याङ्कर गए राति २ बजे दुर्घाटना भएको राजमार्ग प्रहरीले जानकारी दिएको हो ।
ट्याङ्कर सडकबाट करिव दुई सय मिटर तल त्रिशुली नदीमा खसेपछि सम्पर्क विहिन भएका चालक अहिले सम्पर्कमा आएका छन ।
हेटौंडा घर भएका ट्याङ्कर चालक ३२ वर्षीय सुदिप बोहोरालाई मुग्लिनबाट प्रहरीले नियन्त्रणमा लिएको हो।
स्टेरिङ्ग फेल भई ट्याङ्कर दुर्घटना भएको चालक बाहोराको भनाइ उद्दत गर्दै ईलाका प्रहरी कार्यालय गजुरीका प्रमुख विश्व राज खड्काले जानकारी दिनु भएको छ ।
ट्याङ्करका सहचालक मकवानपुर बसहा माडी घर बताउने मनिष नगरकोटी पनि सकुशल रहेको प्रहरीले जानकारी दिएको छ ।
थप अनुसन्धानका लागि दुबैलाई इलाका प्रहरी कार्यालय गजुरीमा राखिएको छ ।
भारतको बरौलीबाट बीस हजार लिटर पेट्रोल लिएर थानकोट डिपोका लागि ट्याङ्कर काठमाडौं आउँदै गर्दा धादिङमा दुर्घटना भएको हो ।।






प्रतिक्रिया राख्नुहोस्