नेकपा सचिवालय बैठक पेरिसडाँडामा शुरु

काठमाडौं- नेकपा सचिवालय बैठक शुरु भएको छ । तत्कालिन नेकपा (माओवादी केन्द्र) को मुख्यालय पेरिसडाँडामा शुरु भएको बैठकमा पार्टीको आन्तरिक व्यवस्थापनको कामबारे छलफल हुने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिनुभएको छ । यसअघि भदौ २९ गते अन्तरपार्टी निर्देशनमा अध्यक्ष केपी शर्मा ओली तथा अध्यक्ष प्रचण्डले असोज मसान्तभित्र पार्टीको बाँकी एकता प्रक्रिया टुङ्ग्याउने प्रतिवद्धता गर्नुभएको थियो ।।






प्रतिक्रिया राख्नुहोस्