पेरिसडाँडामा नेकपा सचिवालय बैठक जारी

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक जारी छ ।
तत्कालिन नेकपा (माओवादी केन्द्र) को मुख्यालय पेरिसडाँडामा एकीकरणपछि पहिलोपटक बसेको सचिवालय बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल सहभागी हुनुहुन्छ । बैठकमा पार्टी एकिकरणको बाँकी काम लगायत आन्तरिक व्यवस्थापनको कामबारे छलफल भइरहेको छ ।
यसअघि गत शुक्रबार तय गरिएको सचिवालय बैठक स्थगित गरी आजका लागि सारिएको हो ।






प्रतिक्रिया राख्नुहोस्