पछिल्लो २४ घण्टामा १३२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, उपत्यकामा मात्रै ७६७ संक्रमित

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा १३२५ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा ९५८४ जनाको पीसीआर परीक्षण गर्दा १३२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । नेपालमा आजसम्म ६४,१२२ जना कोभिड संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा आइतबार प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ९६६ जना डिस्चार्ज भएका छन् । संक्रमितमध्ये ७२ प्रतिशत निको भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ४६२३३ रहेको छ ।

काठमाडौं उपत्यकामा मात्रै ७६७ संक्रमित
काठमाडौं उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा ७६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा ६०२, भक्तपुरमा १०१ र ललितपुरमा ६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.