सरकारलाई जवाफदेही बनाउन कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका खेल्छ : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न नसकिने बताउनुभएको छ ।

उहाँले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै स्वेच्छाचारी गतिविधि स्वीकार्य नहुने स्पष्ट पार्नुभएको हो ।

नेपाली कांग्रेसको ‘प्रतिपक्षको निगरानी कार्यक्रम’लाई पार्टी कार्यालय सानेपामा सम्बोधन गर्दै थापाले सञ्चारमाध्यममा प्रहरी प्रवेश गराएर पत्रकार पक्राउ गरिएको घटनाको निष्पक्ष छानबिन गर्न माग गर्नुभयो।

घटनाबारे वक्तव्य जारी गर्नु मात्रै पर्याप्त नहुने भन्दै थापाले पक्राउको आदेश कसले दिएको थियो, कुन कानुनका आधारमा पक्राउ गरिएको थियो र को जिम्मेवार छ भन्ने विषयमा जवाफसहित परिणाम चाहिने अडान राख्नुभयो ।

थापाले सरकारमा रहेका व्यक्तिको इच्छा नै कानुन हुन नसक्ने उल्लेख गर्दै राज्यका सबै निकाय संविधान र कानुनअनुसार सञ्चालन हुनुपर्ने बताउनुभयो ।

उहाँले सरकारी कर्मचारीलाई कार्यस्थलबाट पक्राउ गरी प्रधानमन्त्री कार्यालय पुर्‍याइएको घटनामा पनि कानुनी प्रक्रिया पालना हुनुपर्नेमा जोड दिनुभयो ।

सरकारका राम्रा कामको श्रेय लिने तर गलत कामको जिम्मेवारीबाट पन्छिने छुट सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीलाई नरहेको बताउँदै थापाले सरकारलाई जवाफदेही बनाउन कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने धारणा राख्नुभयो ।

सभापति थापाले लोकतान्त्रिक मूल्य, प्रेस स्वतन्त्रता, नागरिक अधिकार र कानुनी शासनको संरक्षणका लागि निरन्तर निगरानी तथा खबरदारी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.