नागरिकका समस्या समाधानमा सरकार गम्भीर छ: गृहमन्त्री गुरुङ

गोरखा- गृहमन्त्री सुधन गुरुङले नागरिकका समस्या र अपेक्षालाई गम्भीरतापूर्वक लिएर समाधानको पहल गरेको बताउनुभएको छ ।
आइतबार गोरखाको सदरमुकाम गोरखा बजारमा वुद्धिजिवि, उद्योगी तथा ब्यवसायीसँग को अन्तरक्रियामा गृहमन्त्री गुरुङले पाँच वर्ष भित्र परिणाम आउने गरेर काम भइरहेको उल्लेख गर्नुभयो ।
जनताको पक्षमा कसरी काम गर्न सकिन्छ र कसरी राम्रो गर्न सकिन्छ भन्ने मै सरकारको जोड रहेको पनि उहाँको भनाइ थियो । अहिले जनताले विकासको राजनीतिक चाहेको धारणा गृहमन्त्री गुरुङले राख्नुभयो ।
गोरखा–१ बाट निर्वाचित सांसदसमेत रहनुभएका गृहमन्त्री गुरुङले आइतबार नै गोरखा नगरपालिका–६ शक्ति चोकमा निजी सचिवालय स्थापना गर्नुभएको छ ।
जनताको गुनासा, समस्या र विकास निर्माणको विषयमा सम्वोधन गर्ने उदेश्यले सचिवालय स्थापना गरिएको उहाँको भनाइ छ ।।






प्रतिक्रिया राख्नुहोस्