मापदण्ड विपरितका क्रसर उद्योगहरुमा शील (फोटो फिचर)

नुवाकोट- मापदण्ड विपरित नुवाकोटका विभिन्न नदीहरुमा नदीजन्य सामग्रीहरुको दोहन भइरहेको पाइएपछि नुवाकोटमा क्रसरहरुमा शील गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय नुवाकोटले संयुक्त रुपमा विभिन्न नदीको दोहन गर्ने पाँच क्रसर उद्योगहरुलाई सिल गरेको हो ।

त्रिशूली, तादी, लिखु, सामरी, कोल्पुलगायतका नदी खोलामा मापदण्डविपरित नदीजन्य सामग्रीको उत्खनन् गर्ने क्रसरहरुमा शील लगाइएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिनुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरे नेतृत्वको अनुगमन टोलीले मापदण्ड विपरित सञ्चालनमा रहेका ति क्रसरहरुमा शील गरेको हो । गैरैको नेतृत्वमा गठन गरिएको अनुगमन तथा छानबिन टोलीले तादी खोलाको किनारमा सञ्चालित रहेका क्रसरहरु अनुगमन गर्ने क्रममा विदुर नगरपालिका वडा नं. ५ मा रहेको वर्डस्टोन क्रसर, लिखुको क्षेत्रपाल क्रसर, तादी गाउँपालिका वडा नं. १ मा रहेको सुर्यकुण्ड रोडा ढुङ्गा उद्योग प्रालि, तादी गाउँपालिका वडा नं. ३ मा रहेको दुप्चेश्वर रोडा ढुङ्गा क्रसर उद्योग प्रालि र पंञ्चकन्या गाउँपालिका वडा नं. २ मा रहेको नेस्नल लाईभ एण्ड स्टोन कम्पनी प्रालिमा प्रहरीले ताला लगाएको हो ।

नुवाकोटका विभिन्न नदीखोलावाट दैनिक सात करोड रुपैया भन्दा वढिको नदीजन्य सामग्रीको कारोवार हुने गरेको छ । मापदण्डविपरित नदीमा ठूला मेशिन प्रयोग गरेर वालुवा, ढुंगा, गिट्टी उत्खनन् तथा ओसारपसार भइरहेको विषयमा उजुरी आएपछि प्रहरी र प्रशासनको संयुक्त टोलीले ती उद्योगहरुमा ताला लगाइएको नुवाकोट प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक तुलवहादुर कार्कीले जानकारी दिनुभयो ।-

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.