लाङटाङ क्षेत्रको होटल व्यवसाय संकटमा

काठमाडौं– कोरोना महामारीका कारण पर्यटकको अभावमा रसुवाको लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा स१चालित होटल व्यावसाय संकटमा परेको छ ।

अघिल्ला वर्षहरुमा पर्यटकीय सिजन सुरु भए सँगै पर्यटकले भरि भराउ हुने होटलहरुमा अहिले चहलपहल शुन्य छ । लाङटाङ तथा गोसाइँकुण्ड पदमार्गमा बनेका होटलहरु कोरोना भाइरस संक्रमण जोखिम सँगै पर्यटक आगमन बन्द भए पछि व्यवसायिहरु संकटमा परेका हुन् ।

बर्षका दुवै सिजनमा राम्रो संन्चालनमा आएका होटहरु पर्यटक आगमन शुन्य भए पछि ठूलो समस्यामा परेको बताउँछन् । लामटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र अन्तर्गतका संचालित करिब ५५ वटा होटल व्यवसायीहरुले यस बर्ष व्यवसाय ठप्प भएकाले राजश्वमा छुट गरि दिन आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.