गुल्मीमा पहिरोमा पुरिएर २ जनाको मृत्यु १ घाइते

गुल्मी- गुल्मीमा पहिरोमा पुरिएर २ जना पैदल यात्रीको मृत्यु भएको छ । पहिरोमा परेर १ जना घाइते भएका छन् ।

जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर–२ रातचौरमा बाटो माथिबाट खसेको पहिरोमा परेर ३९ वर्षका प्रेमबहादुर कुमाल र ५ वर्षका सफल कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक केदारराज पन्तले जानकारी दिनुभयो ।

पहिरोमा ६० वर्षका तिलक कुमाल घाइते भएका छन् । घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइतेको अबस्था समान्य रहेको छ । सोमबार साँझ पुजा गरेर फर्किने क्रममा बाटो माथिबाट खसेको पहिरोमा परेर २ जा बेपत्ता भएका थिए ।

रातको समयभएपछि मंगलवार बिहान नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरी मिलेर शव फेला पारेको शसस्त्र प्रहरी वल गुल्म गुल्मीका प्रहरी नायव उपरिक्षक अशोक कुमार लम्सालले जानकारी दिनुभयो । पहिरोबाट निकालिएका शवलाई पोष्ट मार्टमको लागि गुल्मी अस्पताल लगिएको उद्धारमा खटिएका शसस्त्र प्रहरी वल गुल्म गुल्मीका प्रहरी निरिक्षक कम्लेसकुमार यादवले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.