लकडाउनले केवलकारलाई ३६ लाख घाटा

पर्वत- नेपालमै पहिलोपटक केवलकार मोडलमा निर्माण गरिएको कुश्मा-बलेवा यान्त्रिक पुलले लकडाउनको बेला ३६ लाख घाटा बेहोरेको छ ।

पर्वतको कुश्मा बजारदेखि बागलुङको बलेवा जोड्ने गरी निर्माण भएको यान्त्रिक पुल लकडाउनका कारण ६ महिना संचालन नहुँदा ३६ लाख रुपैयाँ बढी घाटा भएको यान्त्रिक पुलका अध्यक्ष होमनारायण श्रेष्ठले बताए ।

पर्वत उद्योग वाणिज्य संघको प्रबर्द्धनमा २०६८ सालदेखि संचालनमा आएको यान्त्रिक पुल लकडाउन खुलेसँगै ६ महिनापछि संचालनमा आएको छ ।

यान्त्रिक पुल पुनः संचालनमा आएपछि सर्वसाधरणको दैनिकि सहज बन्दै गएको छ । यान्त्रिक पुलले बागलुङ जिल्लाका करिव दर्जन बढी गाविसलाई कुश्मा बजारमा आवातजावत गर्न सहज भएको छ भने घण्टौको पैदल यात्रा ५ मिनेटमा छोटिएको छ ।

कुश्मा-बलेवा यान्त्रिक पुल लिमिटेडद्वारा संचालित यान्त्रिक पुलमा दैनिक पाँचसयभन्दा बढी सर्वसाधरणले यात्रा गर्ने गरेका छन् भने प्रतिव्यक्ति १२० शुल्क निर्धारण गरिएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.