कोरोनाबाट अमेरिकामा २ लाखको मृत्यु

काठमाडौं– विश्वमै कोरोना भाइरसबाट प्रभावित मुलुक संयुक्त राज्य अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख नाघेको छ ।

हालसम्म संक्रमितको संख्या झण्डै ७१ लाखको नजिक पुगेको छ । पछिल्लो २४ घन्टामा मात्रै ३५ हजार बढी संक्रमित भइसकेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले गत मार्च महिनामा कोरोनाका कारण १ देखि २ लाखको बीचमा मृत्यु हुनु भनेको देशले कोरोना नियन्त्रणका लागि धेरै राम्रो काम गरेको बताउनु भएको थियो ।

अमेरिकामा कोरोनाको पहिलो के जनवरी महिनामा देखिएको थियो । संक्रमण देखिएपछि यसलाई गम्भीरता पूर्वक नलिएको र सही रुपमा व्यवस्थापन गर्न नसकेका आरोप राष्ट्रपति ट्रम्प माथि छ । पछिल्लो समय विश्वमै कोरोनाबाट सबैभन्दा प्रभावित मुलुक भारत बनेको छ ।

भारतमा दैनिक संक्रमण ८० हजार देखि ९० हजारभन्दा बढी छ । विगत केही दिन देखि भारतमा पनि संक्रमण घट्दो क्रममा छ । पछिल्लो २४ घन्टामा भारतम ८० हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । यो सँगै विश्वमा संक्रमितको संख्या ३ करोड १७ लाख नाघेको छ भने कोरोना संक्रमणकै कारण मृत्यु हुनेको संख्या ९ लाख ७५ हजारको हाराहारीमा छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.