कोरोना संक्रमणबाट नेपालमा एकै दिन ७ जनाको मृत्यु

नेपालमा संक्रमित हुनेहरुमध्ये ०.६४ प्रतिशतको ज्यान गएको छ 

काठमाडौं– देशभर पछिल्लो २४ घण्टामा ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु भएकामध्ये ६ जना पुरुष र १ जना महिला छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापा, सिरहा, काठमाडौं, ललितपुरमा एक–एकजना र बर्दियामा एकजना पुरुषको ज्यान गएको छ । यसैगरी काठमाडौंमा एकजना महिलाको पनि कोरोना संक्रमणबाट ज्यान गएको छ ।

योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा संक्रमित हुनेहरुमध्ये ०.६४ प्रतिशतको ज्यान गएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.