निगमको नौ गन्तव्यमा आन्तरिक उडान शुरु

काठमाडौ‌- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आन्तरिक उडानमा नौ गन्तव्यमा आफ्नो नियमित सेवा प्रारम्भ गरेको जनाएको छ ।

उडानका लागि सरकारले निर्धारण गरेको स्वास्थ्यसम्बन्धी मापदण्डलाई आधार मानेर आन्तरिक उडान प्रारम्भ गरिएको कम्पनीले जनाएको छ । निगमले नियमित उडानसेवा थालेका गन्तव्यमा भोजपुर, दाङ, ताप्लेजुङ, खानीडाँडा, रुकुम, नेपालगञ्ज, बाजुरा, थामखर्क र फाप्लु रहेका छन् ।

त्यसमध्ये काठमाडौँबाट सोझै उडानका साथै रुकुम-नेपालगञ्ज, नेपालगञ्ज-जुम्ला, जुम्ला-नेपालगञ्ज, नेपालगञ्ज-रुकुम, नेपालगञ्ज-बाजुरा र बाजुरा-नेपालगञ्जका लागि पनि उडान निर्धारण गरिएको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।

निगमले यात्रुको चाप र मागलाई ध्यानमा राख्दै कुनै गन्तव्यमा हप्ताको तीन दिन, कतिपय गन्तव्यमा हप्ताको दुई दिन र केही स्थानमा दुई दिन उडान तालिका निर्धारण गरिएको उल्लेख गरेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.