सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ- स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ । सुनमा प्रतितोला ९०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य रु १० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बुधबार छापावाल सुन प्रतितोला रु दुई लाख ८३ हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु तीन हजार ९८० कायम भएको छ ।

हिजो मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ८२ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु तीन हजार ९७० कायम भएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.