प्लाज्मा दान अभियान सुरु

काठमाडौं- कोरोना संक्रमण भई निको भएकाहरुले कोरोनाका गम्भीर विरामीको उपचारका लागि प्लाज्मा दान अभियानको शुभारम्भ गरेका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा रहेको रक्त संचार केन्द्रसँग समन्वय गरी अभियन्ताहरुले प्लाज्मादान शुरु गरेका हुन् ।

शिक्षण अस्पतालमा सिधै रगतबाट प्लाज्मा छुट्याएर निकाल्न सक्ने प्रविधि र उपकरण रहेको छ । यस अभियान अन्तर्गत् चार जना संक्रमणमुक्तहरुले प्लाज्मादान गरिसकेका छन् ।

प्लाज्मा दानका लागि तत्काल ११ जना तयारी अवस्थामा रहेका छन् । अन्य ६ जनाले संक्रमणमुक्त भएको निश्चित अवधि पूरा गरेपछि प्लाज्मा दान गर्ने इच्छा व्यक्त गरेका छन् ।

संक्रमणमुक्त भएकाहरुलाई प्लाज्मा दानका लागि अभिप्रेरित गर्ने उद्देश्यले भर्चुअल माध्यमबाट सम्पर्क गरिरहेको अभियानका संयोजक प्रकाश भुजेलले जानकारी दिनुभयो । कार्यक्रममा संक्रमणपछि निको भएकाहरुले कोरोना लाग्दैमा मरिन्छ भन्ने मान्यता गलत भएको बताउँदै बलियो आत्मबल भएमा छिट्टै संक्रमणमुक्त हुने संक्रमण जितेकाहरुको अनुभव छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.