मन्त्रिपरिषद् निर्णयः सिन्धुपाल्चोक र बागलुङ प्राकृतिक संकटग्रस्त जिल्ला घोषणा

काठमाडौं- सरकारले बाढी पहिरोग्रस्त सिन्धुपाल्चोक र बागलुङ जिल्लालाई संकटग्रस्त जिल्ला घोषणा गरेको छ । मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभएको हो ।

यसैगरी मित्रराष्ट्र चीनसँगको कुटनीतिक पहलपछि लामो समयदेखि रसुवाको केरुङमा थुप्रिएको नेपाली व्यवसायीहरुको सामान ल्याउन सुरु भएको पनि मन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।

हुम्ला जिल्लामा चिनीया पक्षद्वारा भवन बनाइएको भन्ने विषयमा सत्यतथ्य बुझ्ने काम भैरहेकोले केहीदिनमै वास्तविकता सार्वजनिक गरिने पनि उहाँले बताउनुभयो ।

त्यसैगरी सरकारले इजरायलसँग श्रम सम्झौता गर्न इजरायलका लागि नेपाली राजदूत अन्जान शाक्यलाई अख्तियारी दिइएको पनि मन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।

नेपालमा कोरोनाको जोखिम कम भैनसकेकोले यसको संक्रमणप्रति सजग रहन समेत सरकाले सबैलाई आग्रह समेत गरेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.