नाराययणी नदीमा पानीको सतह खतराको सूचकभन्दा माथि

चितवन- अविरल बर्षासँगै नाराययणी नदीमा पानीको सतह खतराको विन्दुभन्दा माथि पुगेको छ ।
आज बिहान ८ः२५ बजे देवघाटमा नदीको सतह ८.०४ मिटर पुगेको छ ।
त्यहाँ ८ मिटर पानीको सतहलाई खतराको सूचक मानिन्छ ।
देवघाट क्षेत्रमा रहेको जलमापन केन्द्रमा नदीको सतहले खतराको तह पार गरिसकेको छ भने नारायणगढ क्षेत्रमा सतर्कताको तह पार गर्दै खतराको तहतर्फ उन्मुख भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
देवघाट क्षेत्रमा पानीको सतह ८.३ मिटरमा पुगेको छ। यो क्षेत्रमा ७.३ मिटरलाई सतर्कता तह र ८ मिटर पुगेमा खतराको तह मानिन्छ ।
नारायणगढको पुल्चोकस्थित नारायणी नदीको पुलमा पानीको सहत ११.३ मिटर पुगेको छ। ११ मिटरलाई सतर्कताको तह मानिएपनि अहिले खतरा तह पार गरिरहेको छ ।
नारायणी नदीका सहायक नदीको जलाधार क्षेत्रमा निरन्तर वर्षा भईरहेकाले नदीको सतह अझै बढ्न सक्ने आँकलन गरिएको छ ।
निरन्तर वर्षासँगै नदीको सतह बढेर मानव वस्तीमा क्षति पुर्‍याउन सक्ने भन्दै नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरुलाई सतर्क रहन चितवन प्रशासनले आग्रह गरेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.