पाल्पा पहिरो अपडेटः एक महिलाको मृत्यु ५ जना अझै बेपत्ता

पाल्पा- पाल्पाको रम्भा गाउँपालिका वडा नं. २ फोक्सिङकोटको सुरुङडाँडामा पहिरोले घर पुरिँदा एक जना महिलाको मृत्यु भएको छ भने सोही वडाको बेलौजाका दुई घर पुरिँदा ५ जना बेपत्ता भएका छन ।

आज बिहान पहिरोले घर पुरिदा सुरुङडाँडाकी २७ वर्षीया मोतिसरा गाहाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनका श्रीमान वीरबहादुर गाहा भने भागेर ज्यान जोगाउन सफल भएका छन् ।

यस्तै अविरल वर्षासंगै खसेको पहिरोले दुई घर पुरिदा बेलौजाका एकै परिवारका ५ जना वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

स्थानीय हुम बहादुर गाहा र मान बहादुर गाहाको घर पहिरोले पुरिदा हुम बहादुरको परिवारका ५ जना वेपत्ता भएका वडा अध्यक्ष उमानसिंह सारुले बताउनुभयो । मानबहादुर गाहाको परिवारका तीन जनाले भने भागेर ज्यान जोगाउन सफल भएको वडा अध्यक्ष सारुले बताउनुभयो ।

पानी परिरहेको र पहिरो खस्ने क्रम नरोकिएको हुँदा उद्दारमा समस्या भएको प्रहरीले जनाएको छ । उद्दारका लागि गएको शसस्त्र प्रहरी र नेपाली सेनाको टोली बिच बाटोमा पहिरो खसेपछि अझैसम्म पनि घटनास्थल पुग्न सकेको छैन ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.