स्याङ्जाको छुट्टा छुट्टै पहिरोमा १० जनाको मृत्यु

स्याङ्जा- अबिरल वर्षाको कारण स्याङ्जाको बिभिन्न स्थानमा पहिरो जाँदा १० जनाको ज्यान गएको छ ।

वालिङ – तमादीमा गएको पहिरोमा ९ जनाको ज्यान गएको छ भने कालिगण्डकी ४ दलित टोलमा एक जनाको ज्यान गएको छ ।

आज बिहान ६ बजे घरमाथिबाट खसेको पहिरोले वालिङ १४ तमादीका एकै घरका ८ जना र एक जना पाहुना सहित ९ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

मृत्यु हुनेमा २८ वर्षीया उमकला नेपाली (पाहुना) , ४८ वर्षीया माया नेपाली , ६० वर्षीया सेनी नेपाली , ३० वर्षीय दिपक नेपाली , ९ वर्षीय दिवस नेपाली , १४ वर्षीय बिक्रम नेपाली , २१ वर्षीय कुलदीप नेपाली, १९ वर्षीय विनीता नेपाली र ६ महिने बच्चा सहित ९ जनाको ज्यान गएको हो ।

सोही पहिरोमा घाइते भएकी १६ वर्षीया मनिषा नेपालीलाई उपचारको लागि गण्डकी मेडीकल कलेज पोखरा पठाइएको छ ।

यसैगरी, स्याङ्जाको कालिगण्डकी गाउँपालिकामा गएराति पहिरो जाँदा २ घर पुरिएको छ । कालिगण्डकी-४, गौतम टोलमा घर माथिबाट आएको पहिरोले घर पुरिँदा १६ वर्षीय विष्णु बहादुर दमै को मृत्यु भएको हो ।

२ दिनदेखिको लगातार वर्षासँगै राति करिव ३ बजे आएको पहिरोले बाबुराम दमै र जगतबहादुर नेपालीको घर पुरिएको हो ।

पहिरोको जोखिममा रहेको कारण उक्त घर संरक्षण गर्न उठाइएको मेशिनरी वालनै अविरल वर्षाको कारण पहिरोले पल्टिन गई घर पूर्ण रुपमा क्षति भएको छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.