पृथ्वी राजमार्गको पचासभन्दा धेरै ठाँउमा पहिरो

धादिङ- लगातार तीन दिनदेखि परेको वर्षाका कारण पृथ्वी राजमार्गको धेरै स्थानमा पहिरो गएको छ जसले गर्दा राजमार्गको यात्रा जोखिमपूर्ण बनेको छ ।

राजमार्गको पचासभन्दा धेरै ठाँउमा  पहिरो खसेको छ । खासगरी राजमार्गमको गजुरीदेखि मौवा खोलासम्मको सडक क्षेत्र पहिरोको उच्च जोखिममा परेको हो ।

ठुला-साना पहिरो खसी हिजो दिभरि  यातायात अबरुद्ध भएको थियो भने राजमार्गमा पहिरो खसेका कारण धेरै जसो स्थानहरुमा अझै सवारी एकातर्फि मात्र सञ्चालनमा छ ।

वर्षाका कारण सडक नराम्ररी विग्रिएको छ । राजमार्ग ठाँउ ठाँउमा भासिएको छ ।
सडकभन्दा माथिल्लो भागबाट खसेको पहिरोका कारण राजमार्गको सडक हिलाम्य भएको छ ।

दुई दिनदेखि पृथ्वी राजमार्ग भएर राजधानी लगायत देशका विभिन्न भागमा  आवत जावत गर्ने मानिसहरुले यात्राका क्रममा पहिरोका कारण जोखिम  र सास्ती खेप्नु परेको छ ।

सडक विग्रिएका कारण सवारीका साधनहरु दुर्घटनामा पर्न सक्ने खतरा पनि त्यतिकै बढेको छ ।

सडकमा ठुला ठुला खाल्टा खुल्टीहरु परेका छन् । जथाभावी खनिएका ग्रामीण सडकहरुका कारण वर्षाले बगाएर ल्याएको लेदो र सडक खन्ने क्रममा जमिन बिग्रिएको प्रविधिकहरुको भनाइ छ ।

राजमार्गबाट जथाभावी सहायक सडकको रुपमा खनिएका बाटोले राजमार्गमा खतरा उत्पन्न भएको भन्दै यस्ता काम रोक्न स्थानीयले आग्रह गरेका छन ।

बैरेनीदेखि जोगीमाराको जवाङ्गसम्म सडक क्षेत्रमा माथिबाट  खसेको पहिरोले गर्दा सडक  सबैभन्नदा नराम्ररी विग्रिएको छ ।

सडक वर्षाका कारण  बन्द हुनासाथ खुलाउनका लागि सडक विभाग र जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले एकै स्थानमा दुई वटादेखि सात ओटासम्म पहिरो पन्छाउने मेशिनहरु तयारी अवस्थामा राखेको सडक विभागले जानकारी दिएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.