थप १४९७ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा मात्रै ७५५ संक्रमित

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा १४९७ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा ११४४९ जनाको पीसीआर परीक्षण गर्दा १४९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । नेपालमा आजसम्म ६९,३०१ जना कोभिड संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बिहीबार प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४५७ जना डिस्चार्ज भएका छन् । संक्रमितमध्ये ७२.७ प्रतिशत निको भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ५०४११ रहेको छ ।

काठमाडौं उपत्यकामा मात्रै ७५५ संक्रमित
काठमाडौं उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा ७५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा ६०९, भक्तपुरमा ५१ र ललितपुरमा ९५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.