भरतपुर महानगरपालिका जलमग्न

चितवन – अबिरल परेको पानीले भरतपुर महानगरपालिकाका बिभिन्न स्थानहरु डुबानमा परेका छन ।

बर्षाका कारण भरतपुर अस्पताल, जिल्ला प्रहरी कार्यालय, शिक्षा कार्यलय, जिल्ला अदालत, मालपोत कार्यलय, वडा नम्बर १०  हाकिम चोकमा रहेको अर्किड कलेज लगायत महानगर पालिकाको वडा नम्बर १०,११ र १२ को बिभिन्न स्थानहरुमा पानी तालिएर समस्या उत्पन्न भएको हो ।

यी स्थानहरुमा पानी जाने निकास नहुँदा पानी पर्नासाथ डुबानमा पर्ने गरेको स्थानीय बासीन्दाहरुले बताएका छन् ।

भरतपुर महानगरपालिकाले निकास बिनाको बिकास गर्दा यो समस्या आएको उनीहरुको गुनासो छ ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.