पहिरोले पाँचथरमा ५ घर बिस्थापित

पाँचथर- पाँचथर जिल्लाको फाल्गुनन्द गाँउपालिकामा बाढीले पाँच घर परिवार विस्थापित भएका छन् ।

निरन्तरको बर्षाले एउटा घर पुरिएको छ भने अन्य चार वटा घर जोखिमपूर्ण अबस्थामा छन । कोल्बुङ बरडाँडामा बसोबास गर्दैआएका लाल बहादुर तामाङको घर पुर्ण रुपमा क्षति भएको छ ।

त्यही ठाउँका स्थानीय झरमान तामाङ, मकरध्वोज तामाङ, मनप्रसाद तामाङ  र  धिरेन्द्र तामाङ विस्थापित भएका छन ।

घर नजिक पहिरो गएर जोखिम बढेपछि उनीहरु छिमेकीको घरमा आश्रय लिएर बसेको गाउँपालिकाले जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.