संवादमार्फत सहमति खोज्न सरकारलाई आग्रह

काठमाडौं- विगत १४ दिनदेखि अनसनरत सत्याग्रही डा. गोविन्द केसीको विग्रँदो स्वास्थ्य अवस्थाप्रति मानव अधिकार तथा शान्ति समाजले चिन्ता व्यक्त गरेको छ ।

समाजले आज एक विज्ञप्ती जारी गर्दै बिगतदेखि वर्तमानसम्मका सरकारहरुले डा. केसीसँग गरेका सहमतिका सन्दर्भमा छलकपटपूर्ण व्यवहार भएको भन्दै यस्तो व्यवहार दुर्भाग्यपूर्ण र अपमानजनक भएको उल्लेख गरेको छ ।

“एक निष्ठावान सत्याग्रहीप्रति सम्मान प्रकट गर्दै संवादमार्फत शिघ्र सहमति खोज्न र संवेदनशील बन्न मानव अधिकार तथा शान्ति समाज सरकारसँग आग्रह गर्दछ” – समाजका महासचिव सुशिल बस्नेतले जारी गर्नुभएको विज्ञप्तीमा उल्लेख छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.