कोभिड-१९ का कारण नेपालको पर्यटनमा झण्डै ६० अर्ब रुपैयाँ घाटा

काठमाडौं- आज विश्व पर्यटन दिवस । पर्यटन प्रबर्द्धनका लागि चेतनामूलक कार्यक्रमहरू गरी विश्वभरी यो दिवस मनाउने गरिन्छ ।

कोभिड-१९ का कारण नेपालको पर्यटनमा करीव ६० अर्ब रुपैयाँ घाटा भएको आँकलन पर्यटनको छ ।

यसैबीच कोभिड–१९ महामारीबाट प्रभावित बनेको पर्यटन क्षेत्रलाई गतिशील बनाउन सरकारले पर्यटन पुनरुत्थान अभियान शुरु गरेको छ ।

आन्तरिक पर्यटन प्रवर्द्धन मार्फत सरकारले घोषणा गरेको ‘देश दर्शन कार्यक्रम’ कार्यान्वयनका लागि पर्यटन पुनरुत्थान अभियान शुरु गरिएको हो ।

‘घुमौं देश, चिनौं परिवेश’ भन्ने मूल नारा दिएर पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले पर्यटन अभियानको लोगो, सन्देशमूलक भिडियो लगायत सामग्री सार्वजनिक गरेको छ ।

कार्यक्रमको उद्घाटन गर्दै पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पर्यटनलाई गतिशील बनाई आर्थिक गतिविधि बढाउनका साथै सकारात्मक ऊर्जा प्रदान गर्ने उद्धेश्यले कार्यक्रम ल्याइएको बताउनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.