प्रदेश नं ५ को प्रदेशसभा नियमावली संशोधन हुँदै

रुपन्देही- प्रदेश नं ५ को प्रदेशसभा नियमावली २०७४ मा संशोधन गर्नका लागि गठित नियमावली मस्यौदा समितिले भोजप्रसाद श्रेष्ठलाई सभापति चयन गरेको छ ।

उहाँ रुपन्देही क्षेत्र नंबर २ ख बाट नेकपाका तर्फबाट निर्वाचित प्रदेशसभा सांसद हुनुहुन्छ । प्रदेशसभाले प्रदेशसभा नियमावली संशोधन गर्नका लागि ८ सदस्यीय विशेषाधिकार सम्पन्न मस्यौदा समिति गठन गरेको थियो ।

समितीमा सत्तारुढ नेकपाका तर्फबाट प्रदेशसभा सदस्यहरु पार्वती पुन, चेतनारायण आचार्य र रेवतीरमण पौडेल, तथा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका तर्फबाट सांसदहरु रमा अर्याल, बसिउद्धिन खांन, र सहषराम यादव रहनुभएको छ ।

समितीले विज्ञहरुसँग छलफल गरेर राय सल्लाह र सुझावका आधारमा आगामी हिउँदे अधिवेशनको प्रारम्भमै आफ्नो प्रतिवेदन पेश गर्ने सभापति श्रेष्ठले बताउनु भएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.