स्थानीयको अवरोधले भेरी-बबई डाईभर्सनको काम ठप्प

सुर्खेत- स्थानीय जग्गाधनीको अवरोधका कारण राष्ट्रिय गौरवको भेरी-बबई डाईभर्सन बहुउद्देश्य आयोजनाको काम तीन दिनदेखि ठप्प भएको छ । जग्गा लिजमा उपलब्ध गराएवापत परिवारका सदस्यलाई रोजगारीको माग राख्दै जग्गा धनीले तीनदेखि आन्दोलन गरेपछि आयोजनाको काम ठप्प भएको हो ।

स्थानीयले ५२ रोपनी जग्गा ५ वर्षका लागि लिजमा आयोजना निर्माण ठेकेदार कम्पनीलाई दिएवापत १७ जनालाई रोजगारी नदिएसम्म काम सुचारु गर्न नदिने माग राख्दै ड्याम साईटको काम अवरुद्ध गरिएको हो ।

आन्दोलनरत पक्षका अगुवा टेकबहादुर सार्कीले आफ्ना तीन सुत्रीय मागहरु सम्बोधन नभएसम्म आयोजनाको काम सुचारु हुन नदिने बताउनुभयो । उहाँका अनुसार लिजमा जग्गा दिएका परिवारका सदस्यलाई रोजगारी दिनु पर्ने, कन्ट्र्याक्टर क्षेत्रमा ढल निकासको व्यवस्था गर्नुपर्ने र कन्ट्र्याक्टर क्षेत्र निर्माण गर्दा नष्ट भएका रुखविरुवाको क्षतिपूति दिनुपर्ने माग छन् ।

यता आयोजना निर्माण ठेकेदार कम्पनीका जनसम्पर्क अधिकारी पिताम्वर सापकोटाले आयोजनाको काम कोभिड-१९, लगायत प्रोजेक्टकै समस्याले ड्याम साईट (हेड वक्र्स) को काम पूर्णगतिले सञ्चालन गर्न नसकिएकाले बेला तत्काल स्थानीयको मागलाई सम्बोधन गर्न नसकिने जनाउनु भयो ।

अहिले ड्याम साईटको काम अबरुद्ध हुँदा ठेकेदार कम्पनी गुआंग्डोङ युआनियन-रमन जेभीका २६५ जना कामदार कामविहिन भएका छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.