ऊन काट्ने पुरानो शैली !

रुकुमपूर्व- रुकुमपूर्वमा अझै पनि भेडाको ऊन परम्परागत तरिकाले काट्ने चलन रहेको छ । वर्षको दुईपटक काटिने ऊन असोज र चैत महिनामा काट्ने गरिन्छ ।

युवा पुस्ता शहर केन्द्रित भएर विदेश पलायन भएपछि पुर्ख्यौली पेशा चौपाया पालन एकाध परिवारमा सिमित भएको भेडापालक किसान नन्दबीर बुढामगर बताउनुहुन्छ ।

यतिबेला खर्कमा भेडा गोठालाहरु आ-आफ्ना भेडाको ऊन काट्ने चटारोमा छन् ।  ऊन काट्दा भेडालाई हलचल गर्न नदिन बलियो खम्बामा टाउको चल्न नदिने गरि डोरीले बाँधिन्छ । र यहाँ कुनै आधुनिक मेशिनको प्रयोग हुँदैन । केवल खुर्पाले ऊन काटिन्छ। अलिकति मात्रै हलचल गरेर खुर्पा हल्लिए छाला काटिने डर हुने भेडा गोठालाहरु बताउँछन।

भेडा मुड्ने चटारोमा किसान

हात छिटो चलाउन सक्नेले दिनभरिमा १५-२० वटासम्म भेडाको ऊन काट्न सक्छन् । गोठाला परिवारले  यही ऊनबाट ओड्ने, ओछ्याउने काम्लो (राडीपाखी) तथा लगाउन बख्खु तयार गरेर बिक्री वितरण गर्दछन् ।

जाडो छल्न तराईतिर झर्नुपर्ने भएकाले ऊन काट्न शुरुवात गरेको गोठाला नन्दबीरको भनाइ थियो । पशुपालनलाई प्रोत्साहन दिन भुमे गाउँपालिकाले स्मार्ट भेडा पालन योजना शुरुवात गरेको छ ।

अघिल्लो वर्ष खर्क, बासस्थान र खानेपानीको व्यवस्थापन गरिएको गाउँपालिकाले जनाएको छ ।

अहिले गाउँमा भेडाको ऊन १५० रुपैयाँ धार्नीमा खरिद-बिक्री हुन्छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.