युरोपेली देशहरुमा कोरोना संक्रमण पुनः बढ्यो, प्रतिबन्धमा थप कडाई गर्ने तयारी

काठमाडौं- फ्रान्सको राजधानी प्यारिसमा व्यापक रुपमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि त्यहाँको स्वास्थ्य मन्त्रालयले सचेत गराएको छ । राजधानी प्यारिस र आसपासका क्षेत्रमा संक्रमणको ग्राफ बढेपछि नयाँ प्रतिबन्ध लगाउने तयारी भइरहेको छ ।

आगामी आइतबार नयाँ प्रतिबन्धात्मक व्यवस्था सार्वजनिक गरिने जनाइएको छ । प्यारिसमा तत्काल बारहरु बन्द गर्न आवश्यक रहेको पनि बताइएको छ । फ्रान्समा वितेको २४ घन्टामा मात्रै १३ हजारभन्दा बढी संक्रमित थपिएका छन् ।

पछिल्लो समय बेलायत, स्पेन, फ्रान्स लगायतका युरोपेली देशहरुमा पुनः कोरोनाको संक्रमण बढेको छ । विश्व स्वास्थ्य संगठनले युरोपमा बढ्दो संक्रमणलाई खतराको घन्टीका रुपमा लिएर तत्काल नियन्त्रणको पहल गर्न आग्रह गरेको छ । राजधानी प्यारिसका अस्पतालका ३० प्रतिशत आइसियु शैयाहरु कोरोनाका विरामीले भरिएका छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.