अनुदान पाएपछि कृषकहरु माछापालनतर्फ आकर्षित
काभ्रे- रोशी गाउँपालिकाले माछापालन गर्न ईच्छुक कृषकहरुलाई अनुदान दिएपछि यहाँका युवाहरु माछा पालनतर्फ आकर्षित भएका छन् । युवाहरुलाई स्वरोजगार बनाउने उद्धेश्यले गाउँपालिकाले माछा कृषकहरुलाई अनुदान दिएपछि कृषकहरुले माछा पोखरी निर्माण गरी माछा पालन शुरु गरेको छन् ।
पालिकाले सूचना जारी गरी आह्वान गरेकोमा हाल तीन वटा वडाका कृषकहरुले अनुदान पाएका छन् । वडा नं. ९ का कुमार लामाले विपी राजमार्ग छेउको पिन्थलीवेंशीमा ठूलो दूई वटा पोखरी बनाएर माछा पालन शुरु गरेको छ । करिब ८ लाख लागतमा माछा पालनका लागि संरचना निर्माण गरेपछि माछाको भुरा गाउँपालिकाले उपलब्ध गराएको माछापालक कृषक कुमार लामाले बताउनुभयो ।
गाउँका कृषकहरुलाई कृषि क्षेत्रमा लाग्नका लागि उत्साहित बनाउन कृषि क्षेत्रमा गालिकाले अनुदानको ब्यवस्था गर्दै आएको गाउँपालिका अध्यक्ष दलबहादुर लामाले बताउनुभयो । अध्यक्ष लामाका अनुसार अहिले माछा पालनको लागि नगद अनुदानका साथै माछाका भुरा उपलब्ध गराएका छौं । राम्रो काम गर्ने कृषकहरुलाई प्रोत्साहन गर्नका लागि उत्कृष्ट कृषकलाई सम्मान समेत गर्दै आएको उहाँले बताउनुभयो ।
त्यसबाहेक पनि गाउँपालिकाले लोकल कुखुरा, मौरी पालनको लागि घार र उन्नत जातको बाख्रा पालनको लागि पनि अनुदान दिदै आएको गाउँपालिका अध्यक्ष लामाले बताउनुभयो ।-






प्रतिक्रिया राख्नुहोस्