चितवनमा गैंडा मृत फेला

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा आज फेरी एक गैंडा मृत फेला परेको छ। यो सँगै यो वर्ष गैंडा मर्नेको संख्या ५ पुगेको छ। अन्दाजी ३२ वर्षको गैंडा विनयी त्रिवेणी गाउँपालिका वडा न ४ स्थित नेपाली नहर जिरो अगाडि मृत फेला परेको हो ।
पाको पोथी गैंडा प्राकृतिक कारणले मरेको भेटिएको निकुञ्जका सूचना अधिकारी अशोक रामले बताउनुभयो । उहाँका अनुसार गत साल २६ वटा गैंडा मरेका छन्। यो वर्ष ४ प्राकृतिक कारण र १ चोरी सिकारीका कारण मृत्यु भएको छ ।
प्राकृतिक कारणले गैंडा मर्ने क्रम बढ्न थालेपछि मृत्युको कारण बारे सुक्ष्म रुपमा अध्ययन भइरहेको निकुञ्जका वार्डेन अणनाथ बरालले बताए । सरकारी तथ्यांकका अनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६ सय ५ गैडा रहेका छन्।






प्रतिक्रिया राख्नुहोस्