फल्ने बेलामा टमाटर सखाप

रोल्पा- रोल्पाको माडीचौरमा किसानहरुले लगाएको टमाटरमा रोग लागेपछि किसानहरु मर्कामा परेका छन् ।
गत साउनमा लगाएको टमाटर फल दिने बेलामा एक्कासी लागेको रोगले एक हप्तामा सबै बोट सुकेर सखाप भएपछि किसानको दुःख त्यत्तिकै खेर गएको छ । माडीखोला कृषि सहकारीका किसानहरुले पहिलो पटक प्लाष्टिक मर्चिङ प्रणालीबाट लगाएको टमाटरले सुरुमा राम्रो झाल लगाएको भएपनि फल दिने बेला रोग लागेर झाल सुकेको माडीचौरका किसान पूर्णा पुनले गुनासो गर्नुभयो ।
२० घरभन्दा धेरै परिवारले लगाएको टमाटरमा रोग लागेपछि प्रतिघरधुरी ६० हजारदेखि १ लाखसम्मको नोक्सानी भएको किसानहरुको भनाई छ । रोग लाग्ना वित्तिकै कृषि ज्ञान केन्द्र र रोल्पा नगरपालिकाको कृषि शाखामा जानकारी गराएको भएपनि त्यहाँबाट पनि कुन रोग लागेको भन्ने पत्ता लाग्न नसकेको किसान पुर्णा पुनले बताउनुभयो । रोगले टमाटर सखाप भएपछि अहिले उक्त बारीमा किसानहरुले सिमी लगाएका छन् ।






प्रतिक्रिया राख्नुहोस्