बूढानीकण्ठका मेयरलाई कोरोना

काठमाडौं- बूढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख उद्धवप्रसाद खरेललाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।

पिसिआर विधिबाट शुक्रबार खरेलको कोरोना परीक्षण गरिएकोमा आज खरेलको रिपोर्ट पोजेटिभ आएको नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले जानकारी दिनुभयो ।

भट्टटराईका अनुसार मेयर खरेलका सवारी चालकलाई ५ दिनअघि कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि कन्ट्याक्ट ट्रेसिङमा पर्नु भएका खरेलले पनि परीक्षण गराउनुभएको नगरपालिकाले जनाएको छ । कोरोना सङ्क्रमण देखिए पनि मेयर खरेलको अवस्था सामान्य छ ।

नगरपालिकाका अनुसार उहाँमा लक्षणसमेत देखिएको छैन । मेयर खरेल अहिले होम आइसोलेसनमा बस्नुभएको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.