संक्रमितको शव व्यवस्थापन गर्ने सुरक्षाकर्मी कत्तिको सुरक्षित ? (भिडियो रिपोर्ट)

काठमाडौं– कोभिड १९ भाइरसको संक्रमणबाट अग्रपंक्तिमा कार्यरत स्वास्थ्य र सुरक्षाकर्मी पनि ठूलो संख्यामा संक्रमित छन् । यसक्रममा संक्रमणबाट मृत्यु भएकाको शवको ब्यवस्थापनमा परिचालित नेपाली सेनाका जनशक्तिको सुरक्षाा चासोको विषय भएको छ ।

पीपीइमा सलामी दिनेहरु नेपाली सेनाका साहसी सिपाही हुन् । कोरोना संक्रमणबाट मृत्यु भएकाको शव ब्यवस्थापनको नेपाली सेनाले लिएको छ । त्यसैले उपचारमा खटिने स्वास्थ्यकर्मीसँगै शव ब्यवस्थापनमा खटिएका शैनिकले उच्च जोखिममा काम गरिरहेका छन् । नेपाली सेनाले हालसम्म संक्रमणबाट मृत्यु भएका र संक्रमणसंगै सम्बन्धित मृतक समेत गरी ३७ जिल्लामा २ विदेशी सहित ५ सय ८६ शवको ब्यवस्थापन गरिसकेको छ । काठमाण्डौ उपत्यकामा मात्र २ सय ६५ शवको ब्यवस्थापन गरिएको छ । एउटा शवको ब्यवस्थापनका लागि सेनाले ४ देखि ६ जनासम्मको तालिम प्राप्त जनशक्ति परिचालन गर्दछ । दैनिक ३० जनासम्म जनशक्ति शव ब्यवस्थापनमै परिचालित छ । शव ब्यवस्थापनमा परिचालित टोलीका सदस्यहरुलाइ पिसिआर परिक्षण र क्वारेण्टिनमा राख्ने गरिएको छ । यसरी परिचालित मध्ये हालसम्म १० जनामा संक्रमण देखिएको छ ।

सरकारले बनाएको कार्यविधि अनुसार नै शव ब्यवस्थापन गर्ने सेनाले मृतकको धर्म र परम्परा अनुसारको प्रकृया पूरा गराएर समेत शवको ब्यवस्थापन गर्ने गरेको छ । तर अन्तिम संस्कार अघि आफन्तले मृतकको मुख हेर्न पाउनुपर्ने विषय सर्वोच्च अदालतस्मम पुगेको छ । अन्तिम संस्कार गर्ने ठाउँमा मृतकको मुख देखाउनेमा केही प्राविधिक कठिनाइ भएकाले मुख हेर्ने ब्यवस्था अस्पतालमै गर्न उचित हुने सुझाव नेपाली सेनाको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.