गाडीसहति लागु औषध कारोबार गर्ने गिरोह पक्राउ

रोल्पा- रोल्पामा  एउटा स्कार्पियो गाडीसहित लागु औषध कारोबार गर्ने गिरोह पक्राउ परेको छ ।

जिल्लाको सुनिलस्मृति गाउँपालिका–२ खुङ्ग्रीबाट प्रहरीले ८ किलो ३०० ग्राम अफिमसहित ५ जना र गाडी नियन्त्रणमा लिएको हो ।

रोल्पाको सुलिचौरबाट दाङ जादै गरेको बा १५ च ३७७६ नम्बरको स्कार्पियो गाडी शनिवार ६ बजेतिर खुङ्ग्री चेकपोष्टमा चेकजाँच गर्दा उक्त परिमाणको लागुऔषध अफिमसहित गाडीमा सवार ३ महिला र चालकसहित २ पुरुष पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरिक्षक शंकर खड्काले जानकारी दिनुभयो ।

पक्राउ पर्नेहरुमा रुकुमपूर्व भूमे गाउँपालिका–४ का ३७ वर्षीया ज्योती घर्ती, सोही ठाउँकै ३० वर्षीया निसा पुन, दाङ हारपुर गाउँपालिका–६ रवानाका ४५ वर्षीया दिलप्रभा बुढा, सुर्खेत गुर्बाकोट नगरपालिका–९ चिसापानीका ३३ वर्षका मोतीलाल परियार र गाडी चालक रोल्पा सुनछहारी गाउँपालिका–१ सेरम घरभई हाल दाङ घोराही उपमहानरपालिका–४ राप्तीटोल बस्ने ३५ वर्षका याम बहादुर घर्तीमगर रहेका छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय सुलिचौरमा राखी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

केहि दिनअघि मात्रै रोल्पा प्रहरीले थबाङबाट ९ किलो अफिमसहित २ महिलालाई पक्राउ गरेको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.