बन्द सीमाका कारण ब्यापार चौपट

पर्सा- कोरोना संक्रमणका कारण बिगत ६ महिनादेखि  नेपाल भारत सीमा नाका बन्द छ । सीमा नाका सुचारु नहुँदा सीमावर्ती शहरको बन्द व्यापार सँगै यहाँको जनजीवन समेत नराम्रोसँग प्रभावित बनेको छ ।

विशेषगरी, भारतीय बजारमा निर्भर उत्पादनसँगै रोजगारी प्रभावित हुँदा धेरैको दैनिकी झन झन  कष्टकर
बन्दै गइरहेको छ ।

सीमा नाका सुचारु नहुँदा भारतीय कामदारमा निर्भर कतिपय उधोगहरू लकडाउन खुले पनि अझै सञ्चालनमा आउन सकिरहेका छैनन ।

सीमा नाका बन्द गर्नुभन्दा आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सुचारु गर्नु उपयुक्त हुने सुझाव स्थानीय सरोकारवाला, राजनीतिक दल तथा व्यवसायीहरुले दिएका छन ।

सीमा नाका बन्द गरेर मात्र   प्रकोप नियन्त्रण नहुने नभएकाले  अव सुचारु गर्न जरुरी भइसकेको वीरगञ्ज उधोग बाणिज्य संघका पुर्व अध्यक्ष अशोक बैद्य बताउनुहुन्छ ।

खुल्ला सीमा भएको कारण मुख्य नाका बन्द भएपनि चोरवाटोबाट हुने आवत जावत रोक्न नसकिने भएकोले यसले थप जोखिम बढाइ रहेको  व्यवसायीहरुको भनाइ छ ।

मुख्य नाका बन्द हुँदा चोरी पैठारी बढिरहेकोले यसवाट राजस्व असुलीमा समेत असर परेको छ । देशकै मुख्य औधोगिक करिडोर बन्द हुँदा यसको प्रत्यक्ष प्रभाव  देशकै अर्थतन्त्रमा समेत पर्ने भएकोले  निश्चित मापदण्ड तोकेर सीमा नाका सुचारु गर्नुपर्नेमा उनीहरुले जोड दिएका छन ।

चाड पर्व नजिकिएकोले सीमा नाका जति चाँडो सुचारु हुन्छ त्यति नै देशको अर्थतन्त्र चलायमान हुने भएकोले यसलाई सुचारु गर्नेतर्फ सरकारले गृहकार्य थाल्नु पर्ने उधोगी व्यवसायीहरुको सुझाव छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.