प्याज खेतीबाट १५ लाख आम्दानी

पाँचथर- पाँचथर जिल्लाको फिदिम नगपालिका वडा नम्बर ११ का सुमन न्यौपानेले गतबर्ष १० ग्राम प्याजको बिउ छरेर प्याज खेती शुरु गरेका थिए ।
परिक्षणको रुपमा एउटा गह्रोमा प्याज खेती गरेका सुमनले यसबर्ष प्याजबाट १५ लाख बराबरको आम्दानी लिन सफल भए ।
जिल्लाका किसानहरु धेरैले आफैले खानको लागि मात्र भनेर थोरै प्याज खेती गर्दै आएका छन् तर बिकी गर्ने गरी प्याज उत्पादन गर्ने सुमन भने  जिल्लाकै एक्लो कृषक हुन ।
एक किलो प्याजको बिउ खरिद गरी यसबर्ष सात रोपनी जमिनमा प्याज रोप्नका लागि एक लाख मात्र खर्च भएको थियो । त्यही प्याजबाट पन्ध्र लाख मुल्य बराबरको प्याज उत्पादन गरेको न्यौपानेको भनाइ छ ।
राम्रो आम्दानी लिन सकिने भन्दै उनले यसबर्ष ११ केजी प्याजको बिउ खरिद गरी २५ रोपनीमा खेती लगाउने सुरसार गरेका छन् ।
उनको यो लोभलाग्दो आम्दानी देखेर यस क्षेत्रका अन्य किसानलाई धान खेती मासेर प्याज लगाउने उत्प्रेणा मिलेको छ ।
टनेलमा लगाइएको प्याजका बेर्ना
यस क्षेत्रलाई प्याजको हब बनाउन यहाँका किसान उत्साहित भएकाछन् ।
खेती गर्न सजिलो र राम्रो मुल्य समेत पाउन सकिने भएपछि यसबर्षदेखि प्याज खेतीमा प्राबिधिक सहयोग र अनुदान दिने कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख सागर बिष्टले जानकारी दिनुभएको छ ।
प्याज खेतीयोग्य जमिन भएकोले जिल्लाको बिभिन्न स्थानमा सिँचाइ सुबिधायुक्त क्षेत्रमा प्याज खेती लगाउने अभियान सुर भएको छ ।
स्वरोजगारको रुपमा नयाँ खेती अपनाउदै प्याजको आत्मनिर्भर जिल्ला बनाउने गरी उत्पादनमा किसान जुटेका छन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.