बैंकहरुले औद्योगिक क्षेत्रमा प्रवाह गर्ने कर्जा वृद्धि

काठमाडौं- बैंक तथा वित्तीय संस्थाहरुले औद्योगिक क्षेत्रमा प्रवाह गर्ने कर्जा वृद्धि भएको छ ।

गत पुषसम्म औद्योगिक कर्जा १७.३ प्रतिशतले बढेर १० खर्ब ६२ अर्ब ४० करोड रुपैयाँ पुगेको छ ।

२०७६ सालको असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा गत वर्षको सोही अवधीको तुलनामा १२.६ प्रतिशतले बढेको थियो ।

यो रकम बैंक तथा वित्तीय संस्थाले गरेको ऋण लगानी मात्र हो । उद्योगीले गरेको २० देखि ३० प्रतिशत स्वपुँजी (इक्विटी) यसमा समावेश गरिएको छैन ।

उद्योगीले खर्बौं रुपैयाँ इक्विटी लगानी गरेका छन । बैंकहरुले प्रवाह गरेको कुल कर्जामध्ये औद्योगिक क्षेत्रको अंश ३३.९ प्रतिशत रहेको छ । बाँकी ६६.१ प्रतिशत कृषि, पर्यटन र पूर्वाधारमा लगानी रहेको छ ।

औद्योगिक कर्जामध्ये खानी सम्बन्धी उद्योगमा ०.७ प्रतिशत, कृषि, वन तथा पेय पदार्थ सम्बन्धी उद्योगमा १५.९ प्रतिशत, गैर–खाद्य वस्तु उत्पादन सम्बन्धी उद्योगमा ३५.३ प्रतिशत, निर्माण सम्बन्धी उद्योगमा ३१.४ प्रतिशत छ । यस्तै विद्युत ग्याँस तथा पानी सम्बन्धी उद्योगमा १२.९ प्रतिशत प्रवाह भएको नेपाल राष्ट्र बैंकले जनाएको छ  ।

औद्योगिक कर्जामध्ये प्रदेश १ मा ११.७ प्रतिशत, प्रदेश २ मा ८.३ प्रतिशत, बागमती प्रदेशमा ६३.५ प्रतिशत, गण्डकी प्रदेशमा ४.७ प्रतिशत, प्रदेश ५ मा ९.५ प्रतिशत, कर्णाली प्रदेशमा ०.५ प्रतिशत र सुदूर–पश्चिम प्रदेशमा १.८ प्रतिशत रहेको छ ।

यो तथ्याङ्क कोरोना भाइरस महामारी हुनु अघिको हो । महामारी नियन्त्रणका लागि सरकारले जारी गरेको बन्दाबन्दी (लकडाउन) र निषेधज्ञापछि बैंक तथा वित्तीय संस्थाको कर्जा विस्तार प्राय: ठप्प जस्तै छ ।

कर्जा विस्तार नभएपछि प्रणालीमा अझै पनि २ खर्ब रुपैयाँ अधिक तरलता रहेको केन्द्रीय बैंकले जनाएको छ । तर अहिले विस्तारै कर्जा लगानी हुन थालेको बैंकहरुले जानकारी दिएका छन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.