सांसद रानालाई कोरोना पुष्टि

पाल्पा– पूर्वमन्त्री एवं संघीय सांसद दलबहादुर रानालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
शनिबार पाल्पाबाट काठमाडौं जानुभएका रानाको काठमाडौंमा गरिएको पीसीआर परीणका क्रममा आइतबार बिहान संक्रमण पुष्टि भएको नेकपा पाल्पाले जनाएको छ । स्वास्थ्य अवस्था सामान्य रहेपनि रानालाई हाल सानेपास्थित स्टार अस्पतालको आइसोलेशनमा उपचार गराइएको उहाँको निजी सचिवालयले जनाउको छ ।
केही दिनअघि नेकपा पाल्पाको बैठकमा समेत सहभागी हुनुभएका रानालाई कोरोना संक्रमण देखिएपछि जिल्लास्थित नेताहरु समेत होम क्वारेन्टाइनमा बस्दै आएका छन् ।






प्रतिक्रिया राख्नुहोस्