देशभर २२५३ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा १५९९ जना संक्रमित

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा २२५३ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा १२७८४ जनाको पीसीआर परीक्षण गर्दा २२५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
यसैबीच, उपत्यकामा मात्रै १५९९ जना संक्रमित भएका छन् । काठमाडौंमा १३७३, भक्तपुरमा ३९ ललितपुरमा १८७ जना संक्रमित भए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा आइतबार प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १३२९ जना डिस्चार्ज भएका छन् । संक्रमितमध्ये ७३.६ प्रतिशत निको भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ६४०६९ रहेको छ ।







प्रतिक्रिया राख्नुहोस्