प्राविधिक शाखामा कार्यरत चार जनामा कोरोना संक्रमण देखिएपछि सेवा बन्द

काभ्रे- कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्लाको रोशी गाउँपालिकाले आजबाट अनिश्चितकालका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशाकीय अधिकृत रामबहादुर तामाङले सूचना जारी गर्दै कार्यरत केही कर्मचारीमा कोरोना संक्रमण देखिएकोले उक्त कर्मचारीको सम्पर्कमा आएका कर्मचारी र ब्यक्तिहरुको स्वाब संकलन तथा परीक्षण गरी नतिजा नआएसम्मको लागि सेवा बन्द गरिएको जानकारी दिनुभयो ।
उहाँले कार्यालयबाट प्रवाह हुने अत्यावश्यक सेवा र विद्युतिय माध्यमबाट हुन सक्ने सेवा भने सञ्चालन रहने बताउनुभयो ।
गाउँपालिका स्वास्थ्य शाखा संयोजक गंगालाल श्रेष्ठले आज एकै दिनमा प्राविधिक शाखामा कार्यरत चार जनामा कोरोना संक्रमण पुष्टि भएपछि उहाँहरु सबै होम आईसोलेशनमा बसिरहेको जानकारी दिनुभयो ।-






प्रतिक्रिया राख्नुहोस्