प्रदेश ५ को नाम र राजधानी सम्बन्धी प्रस्तावमाथि भोलिदेखि छलफल हुने

रुपन्देही- प्रदेश नं. ५ को नाम र स्थायी राजधानी सम्बन्धी प्रदेश सभामा पेश भएको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय प्रदेश ५ नेकपा संसदीय दलको बैठकले गरेको छ ।
बुटवलस्थित मुख्यमन्त्री निवासमा शनिबार बसेको नेकपा संसदीय दलको बैठकले प्रस्तावका पक्षमा मदतान गर्ने सर्बसम्वत निर्णय गरेको नेकपाका मूख्य सचेतक भुमिश्वर ढकालले जानकारी दिनुभयो ।
बैठकमा प्रदेश न ५ नेकपा संसदीय दलका नेता तथा मुख्यमन्त्री शंकर पोख्रेलले प्रस्ताव पारित गराउन आग्रह गर्नुहुँदै पार्टी निर्णय विपरीत नजान निर्देशन दिनुभएको मूख्य सचेतक ढकालले बताउनुभयो ।
प्रदेश नम्बर पाँचको नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुवाङ क्षेत्र रहने प्रस्ताव प्रदेश सरकारले शुक्रबार प्रदेश सभामा पेश गरेको छ । प्रस्तावको सम्बन्धमा सहमति जुटाउन सर्वपक्षीय बैठक आयोजना गर्ने तयारी पनि भईरहेको छ ।
यसैबीच स्थानीय प्रशासनले ४ दिनसम्मका लागि निषेध-आदेश जारी गरेपछि बुटवल क्षेत्र सुनसान बनेको छ । शान्तिसुरक्षा र अमनचैन कायम राख्न स्थानीय प्रशासनले आजदेखि ४ दिनसम्म निषेध-आदेश जारी गरेको हो ।
प्रदेशको सरकारी कार्यालय रहेको क्षेत्रमा समूहगत आवतजावतमा रोक लगाउनुका साथै ५ जनाभन्दा बढी भेला हुन निषेध गरिएको छ । प्रस्तावका विरोधमा नेपाली कांग्रेस लगायत विभिन्न सामाजिक संघसंस्थाले विरोध गरेका छन् ।-






प्रतिक्रिया राख्नुहोस्