बलात्कार घटनालाई गाउँमै मिलापत्र गराउने आठ पञ्च पक्राउ

काठमाडौं- जवर्जस्ती करणी घटनालाई गाउँमै मिलापत्र गराउने आठ पञ्चलाई सिरहा प्रहरीले पक्राउ गरेको छ । गत असोज १२ गते सिरहाको बिष्णुपुर गाउँपालिका­१ मा भएको जबर्जस्ती करणी घटनालाई रु. पाँच लाख जरिबाना तोकेर मिलापत्र गराउने गाउँका आठ जन पञ्चलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालीग्राम पौडेलले जानकारी दिनुभयो ।

स्थानीय एक किशोरीलाई सोही ठाउँका २० वर्षीय मुकेशकुमार साहले घरमा पसेर गरेको जबर्जस्ती करणी घटनालाई गाउँमै मिलापत्र गराएको आरोपमा बिष्णुपुर गाउँपालिका- १ बिष्णुपुर निवासी ५२ वर्षीय सिंहेश्वर साह, २२ वर्षीय अरविन्दकुमार साह, ४५ वर्षीय शत्रुधन साह, ४७ वर्षीय राजकुमार साह, ४२ वर्षीय राम उदगार यादव, ६१ वर्षीय जगविर यादव, ४८ वर्षीय राजकुमार यादव र ३५ वर्षीय रौदी भन्ने श्यामसुन्दर यादवलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक पौडेलले बताउनुभयो ।

किशोरीलाई बलात्कार गरेको भन्दै रीस आवेगमा आएर किशोरीकी भाइले ती युवकलाई कुटपिट गरी घाइते बनाएपछि सो घटना बाहिर आएको हो । पीडित किशोरीलाई उपचारको लागि आफन्तहरुले स्थानीय क्लिनिकमा सामान्य उपचार गराई थप उपचारको लागी विराटनगरस्थित विराट नर्सिङ होममा लगी उपचार गराइएको थियो ।

सो घटना गाउँघरमै मिलाउन भनी गाउँमा नै पञ्चायत बसी पीडकको आफन्तलाई गराइएको तमसुक कागज स्थानीय जगविर यादवको घरबाट बरामद् भएको प्रनाउ पौडेलले बताउनुभयो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.