गुल्मीमा ट्याक्टर दुर्घटनामा १ जनाको मृत्यु २ घाईते

गुल्मी- गुल्मीमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा २ जना घाईते भएका छन् । गएराती जिल्लाको गुल्मीदरवार गाउँपालिका वडा नम्बर-१ वलिथुमबाट मजुवातर्फ जाँदै गरेको लु ४ त २८३३ नम्बर को ट्याक्टर दुर्घटनामा परेर १६ वर्षका धनबहादुर माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक राजकुमार रावलले जानकारी दिनुभयो ।

दुर्घटनामा परेर चालक कपिलवस्तु घर भएका ३० वर्षका रेशम ताम्राकार र गुल्मी दरवार गाउँपालिका वडानम्बर–१ माझीगाउँका १५ वर्षका लालबहादुर बुढामगर घाईते भएको प्रहरीले जनाएको छ ।

घाईते २ जनाको मजुवास्थित शारथी मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरुको अबस्था सामान्य रहेको प्रहरी निरिक्षक रावलले जानकारी दिनुभयो । दुर्घटनामा परेको ट्याक्टर सडकबाट करिब २५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.