निर्दिमघाट पुल ९ वर्षदेखि अलपत्र

स्याङ्जा- स्याङ्जाको चापाकोट र पाल्पाको भुजात जोडिने निर्दिमघाट कालिगण्डकी पुल सम्झौता भएको ९ वर्ष बित्दा पनि बन्न सकेको छैन ।

सडक डिभिजन कार्यालय पाल्पाले प्राविधिक समस्या देखाउँदै आएको यो पुलको वारीपारी २ वटा पिल्लरमात्र निर्माण गरिएका छन। यो पुल समयमा सम्पन्न हुन नसक्दा र अलपत्र पर्दा पाल्पा र स्याङ्जाका जनताले सास्ती बेहर्नुपरेको छ ।

स्याङजा र पाल्पा दुइ जिल्ला जोड्ने निर्दीमघाट कालीगण्डकी पुलको वारी पारी २ पिल्लर मात्र निर्माण गरेर अलपत्र छाडिएको ९ बर्ष हुँदा पनि कसैको ध्यान जान सकेको छैन ।

आर्थिक बर्ष २०६८/६९ मा १५० मिटरको पुल निर्माण गर्न सडक डिभिजन कार्यालय पाल्पाले १२ करोडको लागतमा कन्काइ नेपाल प्रगति मिलिनियम बिल्डर्स जेभीसँग सम्भौता गरेको थियो ।

माटो परीक्षण गर्दा चट्टान नभेटिएकोले ओपन फाउन्डेशनबाट निर्माण कार्य नभएको प्राविधिक समस्या देखाउँदै सडक डिभिजन कार्यालय पाल्पाले काम स्थगित गरेसँगै निर्माण कार्य अलपत्र परेको हो ।

पुन: डिजाइन गरेर नक्सा नपाएकोले यो पुल निर्माण गर्न नसकिएको निर्माण व्यवसायी यामप्रसाद श्रेष्ठ बताउनुहुन्छ ।

स्याङजा र पाल्पा जोड्ने पुल सम्पन्न हुँदा कालीगण्डकी करीडोर हुँदै तराई -पहाड यात्रा गर्न सहज हुने र यहाँको कृषिजन्य बस्तुले समेत बजार पाउने स्थानीयको भनाइ छ ।

दैनिक ५०० जना भन्दा बढी सर्वसाधारण ओहोरदोहोर गर्न यस क्षेत्रका बासिन्दा अहिले झलुङ्गे पुलको प्रयोग गर्दै आइरहेका छन् ।

मोटरेवल पुल सम्पन्न हुन सके हिमाल, पहाड र तराई जोड्ने कालीगण्डकी करीडोर छोटो दूरीको बाटो हुनेछ । यो पुल बनेपछि नवलपरासी , चितवनसम्मको यत्रा सहज हुने स्थानीयको भनाइ छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.