हनुमानढोकाको दसैँघरमा भित्र्याइयो
काठमाडौँ- बडादसैँको सातौँ दिन शनिबार गोरखा दरबारबाट पठाइएको फूलपाती हनुमानढोका दरबारस्थित दसैँघरमा भित्र्याइएको छ ।
परम्परागत विधिअनुसार पूजाअर्चना गरी गोरखाबाट पठाइएको फूलपातीसहितको डोलीलाई बोकेर हनुमानढोका दरबार परिसरमा ल्याएका थिए ।
गोरखा दरबारबाट शनिबार बिहान ९ बजे पूजाअर्चनापछि फूलपातीसहितको डोली काठमाडौँका लागि पठाइएको थियो ।






प्रतिक्रिया राख्नुहोस्